थप १५९ मा कोरोना पुष्टि हुँदा २६४ डिस्चार्ज, मृत्यु शून्य

५ बर्ष अगाडि

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा थप २६४ संक्रमित कोनामुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ६६ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् । 

नेपालमा सोमबार कोभिडका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण हाल सम्म २ हजार २९ जनाको मृत्यु भइसकेको छ । हाल २४ सय ८९ जना आइसोलेसनमा छन् भने ९७ जना क्‍वारेन्टाइनमा छन् । 

हालसम्म नेपालमा २० लाख ७५ हजार १५२ वटा पीसीआर परीक्षण गरिएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया