नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई मेहनेत बिना आमा बुबाको राजनीतिको ब्याज कहिलेसम्म खाने भनेर प्रश्न गरेकी छन् ।
आफ्नी आमाको सिन्दुर पोते फिर्ता गर्न भन्दै उषाकिरणले फेसबुकमा स्टाटस लेखेपछि झाँक्रीले त्यसको जवाफमा आफू हजारौँ लाखौँका सपनाका लागि लड्दै गर्दा विदेशी विश्वविद्यालयमा पढ्न गएकाहरुले आमा बुबाको राजनीतिको ब्याज कहिलेसम्म खाने भनेर प्रश्न गरेकी छन् ।
‘बाल्यकाल र आमाको जवानी फिर्ता माग्नेहरू विदेशी विश्वविद्यालय पढ्दै थिए, जतिबेला हामी हजारौं(लाखौंको सपनाका लागि लड्दै थियौं’, उनले फेसबुकमा स्टाटल लेख्दै भनेकी छन्, ‘आमा–बुबाको राजनीतिको ब्याज मिहिनेत बिना हामीले कति पुस्तासम्म तिर्दै जानुपर्ने हो ?’
झाँक्रीले शासकहरु जब जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोज्नु डरलाग्दो अवसरवाद भएका भन्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो बालापन फिर्ता गर्न पनि भनेकी छन् । ‘लैंगिक संवेदनशीलता मलाई राम्रोसँग थाहा छ । शासकमा लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ। जब जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोजिन्छ नि, त्यो पनि डर लाग्दो अवसरवाद हो’, उनले भनेकी छन्, ‘जवानी र विधवाको सवाल होइन यो।त्यसो त आज हामीले ल्याएको व्यवस्थाको धज्जी उडाउने महाराजा वा महारानीले हाम्रा सपना र हाम्रो बाल्यकाल फिर्ता गर्न सक्छन् ।
उनकाे स्टाटस जस्ताकाे तस्तै ः
हामी कलिला नानीहरू यो देशमा परिवर्तन र रूपान्तरको लागि लडेका थियौं।सपना थियो- जनताको सुख र समृद्धि । त्यसका लागि राजनीतिक क्रान्ति सम्पन्न गर्नु थियो र आर्थिक क्रान्तिको लागि राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्नु थियो । हामी लड्यौं- क्रान्ति गर्यौ यो व्यवस्था ल्यायौं।
तर यो व्यवस्थाको विरूद्ध संविधानको धज्जी उडाउने काम कसले गर्यो ? त्यसको विरूद्ध लड्नु हाम्रो कर्तब्य हो। प्रतिगामीको न लिंग हुन्छ, न लैंगिकता, न जात वा धर्म।
लैंगिक संवेदनशीलता मलाई राम्रोसँग थाहा छ । शासकमा लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ। जब जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोजिन्छ नि, त्यो पनि डर लाग्दो अवसरवाद हो।
जवानी र विधवाको सवाल होइन यो।त्यसो त आज हामीले ल्याएको व्यवस्थाको धज्जी उडाउने महाराजा वा महारानीले हाम्रा सपना र हाम्रो बाल्यकाल फिर्ता गर्न सक्छन् ? अझै पनि भावनाको कुरा गरेर फाइदा लिने?
बाल्यकाल र आमाको जवानी फिर्ता माग्नेहरू विदेशी विश्वविद्यालय पढ्दै थिए, जतिबेला हामी हजारौं-लाखौंको सपनाका लागि लड्दै थियौं। आमा-बुबाको राजनीतिको ब्याज मिहिनेत बिना हामीले कति पुस्तासम्म तिर्दै जानुपर्ने हो?
प्रतिक्रिया