काठमाडौं- दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च –नेप्से परिसुचक ३७.७० अंकले बढेको छ ।
आइतबार ५४.७५ अंकले ओरालो लागेर २३७०.५४ को बिन्दुमा कारोबार बन्द भएको परिसुचक सातको दोस्रो दिन ३७.७० अंकले उकालो लागेर २४०८.२४ को बिन्दुमा पुगेको छ । अन्तिम समयसम्म परिसुचक १.५९ प्रतिशतले बढेको हो ।
सेन्सेटिभ परिसुचक पनि आज ४.९५ अंकले उकालो लाग्दै ४३७.२८ को बिन्दुमा पुगेको छ ।
आज कारोबारको अन्तिम समयसम्म पनि लघुवित्त र सामुहिक लगानी कोष भने उकालो लाग्न सकेनन् ।
आज ३ तीन समय २०३ कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका उक्त कम्पनीहरुले १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर ६५ हजार ७७८ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार रुपैंया बराबरको कारोबार भएको थियो ।
कारोबारमा आएका कम्पनीमध्ये नेपाल लाईफ इन्स्यनेरेन्सले ५८ करोड ३३ लाख ७७ हजार रुपैया बराबरका कारोबार गर्दै उच्च स्थानमा रहेको छ । यस्तै २९ करोड ९९ लाख रुपैंया बराबरको कारोबर गर्दै नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया