सुरु भयो दाहाल नेपाल समूहको केन्द्रीय कमिटीको बैठक

५ बर्ष अगाडि

काठमाडौं- विभाजित नेकपाको दाहाल नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो। तर, बैठक १ बजेपछि पनि एकघन्टा ढिलो शुरु भएको हो। 

केन्द्रीय कमिटीको बैठकअघि सचिवालयका सदस्यहरुको सहभागितामा सचिवालयको बैठक बसेको थियो। 

सचिवालयमा छलफल गर्नु परेकाले केन्द्रीय कमिटीको बैठक ढिला भएको नेताहरुले बताएका छन्। निर्वाचन आयोगले नेकपा विभाजन नभएको निर्णय दिएपछि दाहाल नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको हो।

५ बर्ष अगाडि

प्रतिक्रिया