एकादशीको दिन प्रधानमन्त्रीले लगाइदिए एचआइभी संक्रमित बालबालिकालाई टीका

७ बर्ष अगाडि

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले  एचआइभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन् । आज एकादशीको दिन प्रधानमन्त्री र शाक्यले ती बालबालिकालाई टीका लगाइदिएकी हुन् । 

 शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले सामुहिक टिका लगाइ लिएको सचिवालयले जनाएको छ । 
सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चासो समेत राखेका थिए । 
यसअघि हिजो दिनभर ओलीले सर्वसाधारणलाई विभिन्न व्यक्तित्वलाई टीका लगाइदिएका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया