काठमाडौं- नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टामा आइपुग्दाँ २६.९५ अंकले बढेको छ ।
तीन घण्टाको अवधीसम्म नेप्से परिसुचक १.१४ प्रतिशतले बढेर २३९७.४९ को बिन्दुमा पुगेको छ ।
सेन्सेटिभ पनि ३.५० अंकले बढेर ४३५.८२ को बिन्दुमा पुगेको हो ।
परिसुचक दोहोरो अंकले बढ्दा पनि १२ उपसमुह मध्ये २ उपसमुह भने ओरालो यात्राकमा नै छन्।
हालसम्म कारोबारमा आएका २०० कम्पनिको ८३ लाख १२ हजार ७९४ कित्ता शेयर ४६ हजार ८१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४४ करोड ७० लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया