काठमाडौं – आयोजना प्रभावित र सर्वसाधारणलाई हालै आईपओि बिक्री गरेको चन्द्रागिरी हिल्स लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत हुने तयारीमा छ । अघिल्लो शुक्रबार आईपीओ बाँडफाडँ गरेपनि उक्त कम्पनीको शेयर अझै नेप्सेमा सुचिकृत भएको छैन । तर, अब शेयर सुचीकृत गरेर छिट्टै दोस्रो बजारमा शेयर कारोबार सुरु हुने अपेक्षा गरिएको छ ।
यस सन्दर्भमा अब उक्त कम्पनीको शेयरले पहिलो कारोबार कति मुल्य पाउछ भनेर जिज्ञासा पनि बढेको छ । अघिल्लो आवसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९६.६९ रहेको छ । नेप्सले प्रतिशेयर नेटवर्थको ३ गुणा बढी सम्म ओपनिङ रेन्ज तोक्न सक्छ । त्यो अनुसार
सुचिकृत भएको अवस्थामा उक्त कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम रु.९६.६९ देखि रु. २९०.०७ सम्म ओपनिङ रेन्ज तोक्ने अनुमान छ ।
यस्तै, गत आवको प्रतिशेयर नेटवर्थको आधारमा गर्ने हो भने ओपनिङ रेन्ज कम हुन्छ । गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ ८४.८८ रहेको छ । तर, त्यो अपरिकृष्त तथ्यांक हो । त्यो अनुसार नेप्सले अघिल्लो आवको नेटवर्थ कै आधारमा ओपनिङ रेन्ज तोक्न सक्ने छ ।
चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ९१ कित्ता शेयरको सार्वजनिक निष्कासन गरेको थियो ।
कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट भएको थियो ।
यो कम्पनीले सर्वसाधारणका लागि भने १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निष्कासन गरेको थियो ।आइपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए ।
जसमध्ये ३९ हजार ८९५ जनाको आवेदन बदर भएको थियो । यस आधारमा १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले सेयर पाएका छन् ।
प्रतिक्रिया