कारोबारको दोस्रो घण्टा : २१.६८ अंकले उकालो लाग्यो नेप्से,कारोबार रकम ३ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ २१.६८ अंकले उकालो लागेको छ । 

एक बजेसम्म नेप्से परिसुचक ०.९१ प्रतिशतले बढेर २३९२.२२ को बिन्दुमा पुगेको छ ।

दुई घण्टाको अवधीमा कारोबारका १२ उपसमुहमध्ये २ उपसमुह ओरालो लागेका छन् भने बाँकी १० उपसमुह भने उकालो लागेका हुन् ।

हालसम्म कारोबारमा आएका १९७ कम्पनीको ५६ लाख २२ हजार २०१ कित्ता शेयर ३४ हजार ३७ पटक खरिद बिक्री हुदाँ  ३ अर्ब १२ करोड २६ लाख  ५१ हजार बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया