आज भने बढ्यो युनिलिभर नेपालको शेयर मुल्य, १ बजेसम्म ५९ कित्ता शेयर खरिदबिक्री

५ बर्ष अगाडि

काठमाडौं – नेपाली शेयर बजारमा सबैभन्दा बढी शेयर मुइय भएको युनिलिभर नेपालको सोमबार (आज०  ५९ कित्ता शेयर खरिद बिक्री भएको छ । उक्त कम्पनीको शेयर कारोबार प्राय हुदैन । 
बजारमा उक्त कम्पनीको शेयर खरिद गर्ने आएपनि बिक्री गर्ने भने कोही हुने थिएनन । तर, पछिल्लो समय भने उक्त कम्पनीको शेयर कारोबार हुन थालेको देखिको छ । हिजो पनि उक्त कम्पनीको शेयर कारोबार भएको थियो । साथै, आज पनि उक्त कम्पनीको शेयर कारोबार भएको पाइएको छ । 
शेयरखदिर बिक्री भएको नेपाल स्टक एक्सचेन्जको मार्केट प्लोर सिटमा देखिन्छ ।
हिजो उक्त कम्पनीको शेयर मुल्य घटेको थियो । तर, आज भने उक्त कम्पनीको शेयर मुलय बढेको छ। हिजो उक्त कम्पनीको अन्तिम शेयर मुल्य १९ हजार ४६० रुपैयाँ थियो । आज त्यो बढेर २० हजार २४५ रुपैयाँ पुगेको छ । आज उक्त कम्पनीको शेयर मुल्य ७८५ अंकले बढेको छ । 
आज ब्रोक्रर नम्बर ४०,४१, ५८, ५५ र ३४ नम्बरका ब्रोकरले उक्त शेयर बिक्री गरेका छन् । यस्तै, १६ र ४२ नम्बरका ब्रोकरले उक्त कम्पनीको शेयर खरिद गरेका छन्। 

रकमका आधारमा रु ११ लाख ८८ हजारको रुपैयाँमा उक्त कम्पनीको ५९ कित्ता शेयर बिक्री भएको छ । 
नेपाली पुँजीबजारमा हालसम्म पनि उक्त कम्पनीको शेयर मुल्य सबै भन्दा धेरै हो । नेपालको पुँजी बजारमा सबैभन्दा बढी लाभांश दिने कम्पनी पनि यही हो । त्यसैले यो कम्पनीको शेयर बिक्री गर्न चाहाने शेयरधनी झ्याप्पै भेटीदैनन् । तर, पछिल्लो समय उक्त कम्पनीको शेयर खरिदबिक्री भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया