काठमाडौँ – नुवाकोटमा नेकपाको प्रचण्ड–नेपाल र ओली समूहका कार्यकर्ता बिच झडप भएका छ । प्रचण्ड–नेपाल सहुहका कार्यकर्ताले उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेताको बाटो छेकेपछि झडप भएको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेताहरु बिदुरमा आयोजना हुने सभालाई सम्बोधन गर्न जाने क्रममा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले बाटो छेकेर अवरोध गर्न खोजेपछि झडप भएको बताइएको छ ।
उपप्रधानमन्त्रीको बाटो छेकेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको प्रहरीले जनाएको छ । अहिले अवस्था सामान्य भइसकेको उनले बताए।
प्रतिक्रिया