हेटौंडा - आज बस्ने तय भएको बागमती प्रदेशसभाको बैठक अकस्मात स्थतिग भएको छ । यसपछि बैंठक बोलाउन माग गर्दै नेकपा (प्रचण्ड–माधव समूह) ले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी गरेको छन् ।
विनाकारण स्थगित गरिएको भन्दै यसको विरोधमा प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन् । उनीहरूले ‘अल्पमतको सरकार नाराबाजी दे’ भन्दै नारा लगाएका छन् ।
आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर, सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति बैठक फागुन पहिलो सातासम्मका लागि स्थगित भएको सूचना जारी गरेका थिए ।
प्रतिक्रिया