कारोबारको पहिलो घण्टा : नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम २ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टासम्म आइपुग्दाँ दोहोरो अंकले बढेको छ । कारोबार सुरु भएको १ घण्टाको अवधीमा परिसुचक ३१.२५ अंकले उकालो लागेको हो । 

१२ बजे सम्म आउँदा नेप्सेमा १.३२ प्रतिशतको वृद्धि भएको छ ।

कारोबारमा आएका १२ उपसमुहमध्ये सामुहिक लगानी कोष र लघुवित्त उपसमुह ओरालो लागेका  छन् बाँकी १० उपसमुह उकालो लागेका छन् ।

हालसम्म कारोबारमा आएका १९० कम्पनीको २८ लाख ४२ हजार १६३ कित्ता शेयर २० हजार ६६४ पटक खरिद बिक्री हुदाँ १ अर्ब ७८ करोड २६ लाख २७ हजार बराबरको कारोबार भएको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया