काठमाडौ – प्रभु लाइफ इन्स्योरेन्सको शेयर मुल्य आज पनि सर्किट लेभलमा बढेको छ । पछिल्लो समय उक्त कम्पनीको शेयर मुल्य लगातार सकरात्मक लेभलमा बढेको छ । त्यो क्रममा आज पनि उक्त कम्पनीको शेयर मुल्य बढेर नयाँ उचाईमा पुगेको छ ।
आज उक्त कम्पनीको शेयर मुल्य ९.९५ प्रतिशतले बढेर ८४० रुपैयाँ पुगेको छ । हिजो कम्पनीको अन्तिम मुल्य ७६४ रुपैयाँ थियो । आज त्यो ७६ अंकले बढेर नयाँ उचाईमा पुगेको हो । आज ८०० मा उक्त कम्पनीको शेयर कारोबार खुल्ला भएको थियो । यद्यपि, घटेर ७३७ सम्ममा उक्त कम्पनीको शेयर मुल्य झरेको थियो ।
मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्न चाहाने खरिदकर्ताको चाप छ । तर, बिक्री गर्ने कोही आएका छैनन् ।
प्रतिक्रिया