म्यानमारकी नेतृ आङ सान सुकी पक्राउ, एक वर्षका लागि संकटकाल घोषणा

५ बर्ष अगाडि

 एजेन्सी - म्यानमारको सेनाले नेस्नल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित नेताहरुलाई नियन्त्रणमा लिएको छ । 

साथै नियन्त्रणमा लिएको केही घण्टापछि नै सैन्य टेलिभिजनमार्फत एकवर्षका लागि आपतकाल घोेषणा गरिएको छ । 

सोमबार त्यहाँको सेनाले देशको सम्पूर्ण शक्ति कमान्डर इन चिफ मिन अङ ह्लेइङलाई हस्तान्तरण गर्ने बताएको हो । यसपछि राजधानीसहित सबै प्रमुख सहरका सडकमा सेनाहरुको चहलपहल पनि बढेको छ ।  

गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेस्नल लिग फर डेमोक्रेसीले नयाँ सरकार गठनका लागि बहुमत हासिल गरेको थियो तर आर्मीले सो मतदानमा धाँधली भएको बताउँदै आएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया