काठमाडौं- नागरिक लागानी कोषले जारी गरेको चुक्तपूँजीको हकप्रद शेयरमा आवेदन दिने आज (माघ १९ गते) अन्तिम दिन रहेको छ ।
गत पुस २८ गतेदेखि निष्कासन गरेको १ः०.८३ अनुपातको हकप्रदमा शेयरधनीहरुले आज बैंकिङ्ग समयभित्र आवेदन दिन सक्नेछन् । कोषले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०७७ पुस १३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुको लागि उक्त हकप्रद निष्कासन गरेको थियो ।
कोषले रु। १०० अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद साधारण शेयरको निष्कासन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रु. १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रहेको छ भने जसलाई प्रति शेयर रु १०० अंकित मूल्यका १ करोड ६४ लाख ७ हजार ४०८ कित्ता साधारण शेयरमा विभाजन गरिएको छ । हकप्रद शेयर बाँडफाँड गरेपश्चात् कोषको चुक्तापूँजी रु। ३ अर्ब पुग्ने छ ।
प्रतिक्रिया