काठमाडौं- पछिल्लो समय लगातार प्रभु लाइफ इन्स्योरेन्सको लगातार दैनिक रुपमा सकरात्मक सर्किट लेभलमा बढेको छ ।
आज उक्त कम्पनीको शेयर मुल्य बढेर ७६४ पुगेको छ । यसअघि कम्पनीको शेयर मुल्य ६९५ थियो । आज त्यो ६९ अंकले बढेर नयाँ उचाईमा पुगेको छ ।
नेप्सेको मार्केट डेप्थअनुसार हाल उक्त कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने लगानीकर्ताको अवस्था शुन्य छ ।
३ बजे अर्थात कारोबारको अन्तिम समयसम्म उक्त कम्पनीको ४ लाख २६ हजार ५०५ कित्ता शेयर खरिद बिक्री भएको छ ।
रकमका आधारमा आज प्रभु लाइफको ३१ करोड ८२ लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया