आइतबार ५४.७५ अंकले ओरालो लाग्यो नेप्से, सर्वाधिक कारोबार गर्दै नेपाल लाइफ उच्च स्थानमा

५ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च –नेप्से) परिसुचक ५४.७५ अंकले ओरालो लागेको छ । 

केही दिन यता उकालो यात्रा तय गरेको नेप्से परिसुचक साताको अन्तिम दिन १६.५५ अंकले ओरालो लागेर २४२५.२९ को बिन्दुमा पुगेको थियो । आज आइतबार पनि ५४.७५अंकले घटेर परिसुचक २३७०.५४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

कारोबारको चार घण्टाको अवधीभर परिसुचक उकालो लाग्न सकेनन् । अन्तिमसमयसम्म नेप्से २.२६ प्रतिशतले घटेको हो ।
 
यस्तै सेन्सेटिभले साताको पहिलो दिन ओरालोको यात्रा नै तय गर्दै अन्तिम समयसम्म आइपुग्दाँ ९.७३ अंकले ओरालो लागेर ४३२.३३ को बिन्दुमा पुगेको छ ।

कारोबारका १२ उपसमुहमध्ये सबै उपसमुहमा राताम्मे छाएको छ ।

कारोबारको अन्तिम समयसम्म आउँदा २०४ कम्पनीको १ करोड ५१ लाख १० हजार ४०८ कित्ता शेयर ८७ हजार ५७६ पटक खरिद बिक्री हुँदा ८ अर्ब २६ करोड ५९ लाख ६४ हजार बराबरको कारोबार भएको छ ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्सले ३९ करोड ८९ लाख ५९ हजार रुपैंया बराबर कारोबार गर्दै उच्च स्थानमा रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया