काठमाडौं – नेपाली शेयर बजारमा सबैभन्दा बढी शेयर मुल्य भएको युनिलिभर नेपालको आइतबार (आज) ५० कित्ता शेयर खरिद बिक्री भएको छ । उक्त कम्पनीको शेयर कारोबार प्राय हुदैन ।
बजारमा उक्त कम्पनीको शेयर खरिद गर्ने आएपनि बिक्री गर्ने भने कोही हुने थिएनन । तर, आज भने उक्त कम्पनीको ५० कित्ता शेयर खरिद बिक्री भएको छ । प्रतिकित्ता २० हजार २५० देखि रु. १९ हजार ४६० सम्ममा उक्त कम्पनीको शेयरखदिर बिक्री भएको नेपाल स्टक एक्सचेन्जको मार्केट प्लोर सिटमा देखिन्छ ।
गत हप्ता पनि उक्त कम्पनीको प्रतित्तिा २० हजार ४४० रुपैयाँमा १० कित्ता शेयर खरिद बिक्री भएको थियो । आज भने घटेर उक्त कम्पनीको शेयर कारोबार भएको छ ।
ब्रोक्रर नम्बर ३७ ले ४० कित्ता र ५० ले १० कित्ता शेयर बिक्री गरेको छ । यस्तै, ३४, ३८, ३९ र ५५ नम्बरका ब्रोक्ररले उक्त कम्पनीको शेयर खरिद गरेका छन् ।
रकमका आधारमा रु९ लाख ८० हजारको रुपैयाँमा उक्त कम्पनीको ५० कित्ता शेयर बिक्री भएको छ ।
नेपाली पुँजीबजारमा हालसम्म पनि उक्त कम्पनीको शेयर मुल्य सबै भन्दा धेरै हो । नेपालको पुँजी बजारमा सबैभन्दा बढी लाभांश दिने कम्पनी पनि यही हो । त्यसैले यो कम्पनीको शेयर बिक्री गर्न चाहाने शेयरधनी झ्याप्पै भेटीदैनन् । तर, आज भने उक्त कम्पनीको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया