काठमाडौं- नेपाल स्टक एक्सेन्च (नेप्से ) परिसुचक कारोबारको देस्रो घण्टासम्म आइपुग्दाँ ४३ अंकले ओरालो लागेको छ ।
आज साताको पहिलो दिन २४२५.२९ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से परिसुचक १.७७ प्रतिशतले घटेर २३८२.३० को बिन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ पनि ७.१९ अंकले ओरालो लागेर ४३४.८६ को बिन्दुमा पुगेको छ ।
दुई घण्टामा कारोबारमा आएका १२ उपसमुहमा सबै उपसमुह ओरालो लागेका छन् ।
एक बजेसम्म कारोबारमा आएका १९८ कम्पनीको ६३ लाख ४४ हजार ५२७ कित्ता शेयर ४७ हजार ८४० पटक खरिद बिक्री हुदाँ ३ अर्ब ६९ करोड २१ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया