काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा ९नेकपा०ले धर्ना दिइरहेको छ ।
आज (आइतबार) नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी हुने भएका छन्।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार दुवै अध्यक्ष दिउँसो १२ बजे धर्नामा बस्ने भएका हुन्।
संसद् भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम खारेजीको माग गर्दै प्रचण्ड–नेपाल पक्षका संघीय एवं प्रदेश सांसद तथा तत्कालीन संविधान सभाका सदस्य ४ दिनदेखि धर्नामा छन्।
यही माघ २८ गते प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा ‘अहिलेसम्मकै ठूलो’ विरोध सभा गर्ने तयारी गरेको छ।
प्रतिक्रिया