काठमाडौं- गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गते चौंथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको माघ १६ गतेको सञ्चालन समितिको बैठकले ह्वाइट हाउस पार्टि प्यालेस, तनहुमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीले प्रस्ताव गरेको कुल १५.७९ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीको गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया