माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु

७ बर्ष अगाडि

धनुषा – धनुषाधाम नगरपालिका– ४ लक्ष्मीपुरमा आज विहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् । 

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका– ९ धारापानीका रामअवध यादवकी ८ वर्षीया छोरी सिर्जना कुमारी यादव रहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । 

माटो खन्न गएको बेला माथिबाट ढिस्को खसेर पुरिएपछि उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

उनीसँगै माटो खन्न गएका बालिका मिका पन्डित र रन्जिता पन्डित घाईते भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक प्रकाश दाहालले जानकारी दिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया