काठमाडौं - नेकपा माधव-प्रचण्ड समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज कैलालीको धनगढीमा विरोध सभा आयोजना गरेको छ।
धनगढीको सभामा भाग लिनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहानै धनगढी पुगेका छन्।
प्रचण्ढ शनिबार बिहान ९ बजे धनगढी विमानस्थलमा ओर्लिएका हुन् । उनलाई स्वागत गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारको सिंगो मन्त्रिमण्डल पुगेका थिए ।
मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी र वन वातावरण तथा पर्यटन मन्त्री माया भट्ट प्रचण्डलाई स्वागत गर्न विमानस्थल पुगेका थिए।
नेकपाका सुदूरपश्चिम इन्चार्ज रहेका नेता भीम रावलले पनि प्रचण्डलाई विमानस्थलमा स्वागत गरेका छन् ।
प्रतिक्रिया