प्रचण्ड-माधव धनगढीमा विरोध सभामा गर्दै, ओली चितवनको जनसभामा

५ बर्ष अगाडि

काठमाडौं - नेकपाका प्रचण्ड-नेपाल समुहले आज धनगढीमा विरोध सभामा गर्दै छन् । सभामा सहभागिताका लागि नेता नेपाल हिजै धनगढी पुगेका छन् । भने प्रचण्ड शनिबार बिहान धनगढीका लागि हिँडेको खुमलटार स्रोतले जानकारी दिएको छ।

गत पुस ५ गते सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई समूह बनेको छ । 

एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् । त्यस्तै अर्को समूहको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले ।

प्रचण्ड-माधव समूह सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोधमा सडक संघर्षमा रहेको छ । काउण्टरका लागि ओली समूहले देशभर सरकारको कदमको समर्थनमा जनसभाहरु गरिरहेको छ।

संसद विघटनअघि स्वास्थ्य प्रतिकूलताका कारण भन्दै बालुवाटार बाहिर नगएका ओली संसद विघटनपछि धनगढीदेखि दाङसम्म पुगिसकेका छन् । उनले आज चितवनमा सम्बोधन गर्ने कार्यक्रम रहेको बालुवाटारले स्रोतले जनाएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया