प्रतिनिधिसभा बैठक बसेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने

५ बर्ष अगाडि

काठमाडौं -  नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला नगरे प्रतिनिधिसभा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने बताएका छन् ।

‘संविधानअनुसार प्रतिनिधिसभा विघटन नभई प्रधानमन्त्री ओलीको सरकार विघटन भएको छ ।’ प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा आयोजित सभामा उनले भने, ‘त्यसैले संविधानले दिएको अधिकार प्रयोग गरेर सभामुखको अध्यक्षतामा संसद्को बैठक बसेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्छौं ।’ उनले सर्वोच्च अदालतले सही निर्णय गर्ने भएकाले अहिले नै प्रतिनिधिसभाको बैठक नबसेको बताए ।

प्रधानमन्त्री ओलीले सार्वभौम नेपाली जनताको प्रतिनिधिमार्फत घोषणा भएको संविधानमाथि हमला गरेको उल्लेख गर्दै दाहालले सबैलाई सडकमा उत्रिन आग्रह गरे ।

५ बर्ष अगाडि

प्रतिक्रिया