साताको सेयर : नेप्सेमा ५० अंकको वृद्धि, साताको अन्तिम दिन कारोबार रकममा नयाँ रेकर्ड

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक यो साता ५० अंकले बढेको छ ।

गत साता बिहिबार २३७४.६४ को बिन्दुमा कारोबार बन्द भएको नेप्से यो साताको अन्तिम दिन बिहिबार सम्म आइपुग्दाँ ५०.६६ अंकले बढेर २४२५.३० को बिन्दुमा पुगेको हो । 

यो साता नेप्सेमा ९ करोड ५७ लाख १४ हजार ३३१ कित्ता शेयर ३ लाख ५७ हजार ५९१ पटक खरिद बिक्री हुदाँ ४४ अर्ब ४६ करोड ३९ लाख ८१ हजार रुपैंया बराबरको कारोबार भएको थियो ।
 
आइतबार देखि बिहिबार (पाँच दिन)को नेप्से परिसुचकको तथ्यांक 

साताको पहिलो दिन (आइतबार) परिसुचक ५०.२ अंकले बढेर २४२४.८४ को बिन्दुमा पुगेको थियो । सो दिन नेप्सेमा २०७ वटा कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर ७९ हजार ४९८ पटक खरिद बिक्री हुदाँ ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको थियो ।

साताको दोस्रो दिन (सोमबार) परिसुचक १६.०४ अंकले बढेर २४४०.८८ को बिन्दुमा पुगेको थियो । नेप्सेमा सोमबार २०८ कम्पनीहरु कारोबारमा आएका थिए । उक्त कम्पनीहरुको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर ७२ हजार ७७३ पटक खरिद बिक्री हुँदा ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार बराबरको कारोबार भएको थियो । 

साताको तेस्रो दिन (मंगलबार) परिसुचक १७.७९ अंकले घटेर २४२३.०९ को बिन्दुमा पुगेको थियो । सो दिन नेप्सेमा २०७ वटा कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका उक्त कम्पनीहरुको १ करोड ९६ लाख ६ हजार ५४५ कित्ता शेयर ६३ हजार ८१७प पटक खरिद बिक्री हुदाँ ८ अर्ब २७ करोड ९६ लाख ९४ हजार रुपैंया बराबरको कारोबार भएको थियो ।

यस्त,ै साताको चौथो दिन (बुधबार नेप्से परिसुचक हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । बुधबार परिसुचक १८.७६ अंकले बढेर २४४१.८५ को बिन्दुमा पुगि नयाँ रेकर्ड बनाएको हो । सो दिन नेप्सेमा २०८ वटा कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका कम्पनीहरुले १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता शेयर ५९ हजार १५१ पटक खरिद बिक्री गर्दा ८ अर्ब ६२ लाख ३८ हजार बराबरको कारोबार भएको थियो  । बुधबारको कारोबारको रकम यो साताकै सबैभन्दा कम हो ।

साताको अन्तिम दिन (बिहिबार) नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको थियो । परिसुचक दोहोरो अंकले घटेपनि कारोबार भने हाल सम्मै सर्वाधिक रहेको हो । बिहिबार नेप्सेमा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार रुपैंया बराबरको कारोबार भई नयाँ रेकर्ड कायमा भएको हो । सो दिन नेप्से साताकै धेरै २०९ कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका कम्पनीहरुको २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता शेयर ८२ हजार ३५२ पटक खरिद बिक्री भएको थियो ।

  
 

५ बर्ष अगाडि

प्रतिक्रिया