काठमाडौं - साईबरपंक २०७७ सार्वजनिकले हामीमाझ टाढाको भविष्यको झल्को प्रस्तुत गरेको छ । तर, गेमिङमा क्रान्तिकारी परिवर्तन आउने सङ्केतका साथै सो समय टाढा नभएको कुरा पनि फाइभजीले संकेत गरिरहेको छ ।
फाइभजी-ईन्हेन्स्ड क्लाउड गेमिङले नयाँ गेमिङ कन्सोल्स वाहाई-एण्ड ग्राफिक्स कार्ड्स किन्न पर्ने झन्झटबाट मुक्ति दिनुका साथै, सहजै इन्टरनेटमा कनेक्टेड भई जहाँसुकै जुनसुकै समयमा गेमिङको मज्जालिन सक्ने सुविधा उपलब्ध गराउने छ ।
के हो त क्लाउड गेमिङ ?
क्लाउड गेमिङले क्लाउडको उर्जा मार्फत गेम सिन रेन्डर गरी हाम्राउपकरणमा सहजै स्ट्रिम गर्ने कार्य गर्छ । यसले गर्दा विभिन्न गेमिङ प्लेटफर्मको छनोट गर्ने तथा महंगा कन्सोल्स किन्ने, अल्झिने तारहरूको झन्झट तथा गेम डाउनलोड वा अपडेट हुँदा कुर्नु पर्ने समय लगायत झन्झटबाट समेत छुटकारा दिन्छ ।
लो लेटेन्सी फाइभजीले क्लाउड गेमिङमा तिव्रता प्रदान गर्नुका साथै सुरक्षित प्रतिक्रिया दिन्छ । लो लेटेन्सी नै त्यो प्रमुख फिचर हो । जसले फाइभजीलाई पछिल्ला पुस्ताका सेल्युलर नेटवर्क भन्दा सबल तुल्याउँछ । तर, लो लेटेन्सी र उच्च गति एउटै भने होइन । लो लेटेन्सीको अर्थ अनुरोध र प्रतिक्रिया विच लाग्ने न्यूनतम समय हो ।
अधिकांश अत्याधुनिक गेममा हल्का त्यागले पनि भर्चुअल जीवन र मृत्युको निक्ल्यौ गर्छ । फाइभजीले लेटेन्सीलाई १० एमएस सम्म घटाउने क्षमता राख्छ ।
फाइभजीको साथमा गेमिङ गर्दा प्रतिक्रियाका लागि लाग्ने समयमा आउने न्यूनिकरणले वास्तवमै आफ्नै साथीहरू माझ बसेर गेमिङको पूर्ण मज्जा लिएको अनुभुति हुन्छ । डाटा ट्रान्समिशन समय माध्यमनै नजाने हुँदा अल्ट्रा स्मूथ गेमप्लेको कार्य सम्पादन कुनै गेमिङ कन्सोल भन्दा फरक छैन ।
एमडब्ल्यूसी २०१९ मा सहभागीले ओपोको पहिलो फाइभजी फोन रेनो फाइभजीमा फाइभजी क्लाउड गेमिङको अनुभव लिने अवसर पाएका थिए । हतियारमा आधारित कम्ब्याट गेम सोलक्यालिबर ६ स्ट्राइक्स र काउण्टर एट्याकलगायत समयमा पनि विना कुनै रोकावट तथा ढिलाई मज्जाले चलेको थियो ।
साथीहरूको साथमा फाइभजी-सपोर्टेड गेमिङको मज्जा
यो क्लाउड गेमिङका बारेमा मात्र होइन, ठूला हाइ९रिसोल्यूशन स्क्रिनदेखि स्मार्टफोन गेम्स अन द गो सम्म हामी सबै जना खेल्नका लागि ईन्टरनेटमा भर पर्छौँ ।
गेमिङको उत्कृष्ट पक्ष भन्नुनै यसले प्रदान गर्ने सबैजना एकै साथ खेल्ने अवसर हो । हामी संसारको जुनसुकै कुनामा भएता पनि हामी आफ्नो भर्चुअल विश्व सेयर गरिरहेका हुन्छौँ ।
फाइभजीको कुरा गर्दा उच्च ब्याण्डविथ र लो९लेटेन्सीका साथै यसले अल्झिने तारको झञ्झटबाट छुटकारा दिन्छ । ओपो स्मार्टफोन, ट्याब्लेट वा अन्य उपकरणको प्रयोग गरी सिधै आफ्ना साथीहरू संग गेमिङमा जोडिन सक्नु हुन्छ ।
एआर/भीआरका साथमानवप्रबर्तनात्मक गेमिङ अनुभव
एआर र भीआर पनि गेमिङ अनुभवका भूल्नै नसकिने पाटा हुन् । क्लाउड गेमिङमा झैँ एआर÷भीआरका लागि आवश्यक सबै गणना क्लाउडमै गर्न सकिन्छ ।
त्योपनि गेमप्लेकै दौरान डाटा ट्रान्समिशनका साथमा । बृहत्तर गेम्स, हाइपर रियालिस्टिक सिन्स र अन्तरक्रियात्मक कन्टेन्ट लगायतले डाटा ट्रान्समिशन, ईन्टरनेटको गति न्यून विलम्बताको आवश्यकता लगायत चुनौती थपेको छ ।
विद्यमान डिजिटल पुर्वाधारले यी चुनौति झेल्न सक्ने अवस्थाभने छैन । यी चुनौतिको समाधानका रुपमा फाइभजी वाइडब्याण्ड र लो लेटेन्सी हाम्रा सामुन्ने छन् । ओपो ईन्नो डे २०२० माएआर ग्लास २०२१ सार्वजनिकगरिँदा उपस्थितले एमओबीए९स्टाइल गेम र टावर डिफेन्स गेम मार्फत अगुमेन्टेड रियालिटीको अनुभव गरेका थिए ।
फाइभजी कनेक्टीभिटीका साथमा भर्चुअलका साथमा रियालिटी सम्मिलित गेमहरु अझ रचनात्मक र विविधतापूर्ण हुनेछन् ।
ल्यागिङ जमानाकोअन्त्य
न्यून बिलम्बताको फाइदा गेमिङमा मात्र नभइअन्य क्षेत्रमा पनि उत्तिकै छ । त्यस्तै एक महत्वपूर्ण क्षेत्र हो औषधी । उदाहरणका लागि फाइभजी सञ्जालको प्रयोग गर्दै डक्टरहरुले सटिकरुपमा टेलि९अपरेटेड रोबोटिक सर्जरी गर्न सक्छन् ।
फाइभजीले उपलब्ध गराउने न्यूनबिलम्ब सुविधामार्फत अपरेटिङ कक्षकातस्विर तथा डाटा विनाकुनै ढिलाई ट्रान्समिशन गर्न सकिन्छ । यसले गर्दा सर्जरी सटिक भरपर्दो र थप सुरक्षितबनाउन सहयोग मिल्छ ।
विश्वभर यस प्रविधिको सहयोग मार्फत सफलरुपमा सर्जरीहरु सफलताका साथ सम्पन्न पनि भइसकेका छन् । यस प्रविधिको ब्यापकप्रयोगले विकट क्षेत्रहरुमाउच्च गुणस्तरिय मेडिकल स्रोत पु¥याउन सघाव मिल्छ ।
यसको अर्को प्रयोग स्वचालित कारहरुमापनि देख्न सकिनेछ । अहिले सम्म ल्यागिङ र कमजोर प्रतिक्रिया समयका कारण अवधारणाका रुपमा सिमित रहेको यसलाई पनि फाइभजीले चाँडै नै सार्थकता प्रदान गर्ने सम्भावना प्रबल छ ।
फाइभजी लो लेटेन्सीले चलचित्रहरुमा देखिने फ्युचरिस्टिक सपनाझैँ लाग्ने अधिकांस सोचहरुलाई वास्तविकतामा बदल्न सघाउने छ । लो लेटेन्सीका फाइदाहरु गेमिङ, रिमोट सर्जरी वा स्वचालित सवारीहरुमा मात्र सिमित छैनन् ।
ओपोका फाइभजी उपकरणहरुले समग्र नयाँ अनुभवहरु तपाईँकै औँलामा उपलब्ध गराउँदै फाइभजी ईन्टरनेट अफएक्स्पेरियन्सको जमानामा रोमाञ्चक र आरामदायिताको अनुभव प्रदान गर्नेछन् ।
प्रतिक्रिया