अनेरास्ववियूले तय गर्यो तेस्रो चरणको आन्दोलन, २२ र २३ गते सरकारी गाडी चल्न नदिने

५ बर्ष अगाडि

काठमाडौं - नेकपा प्रचण्ड-माधव समुहका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् ।

अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् ।

साथै माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ । 

संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा र्‍याली, लालटिन जुलुस,  व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया