हिमालयन डिष्टिलरीको ५० प्रतिशत नगद लाभांश वितरण

५ बर्ष अगाडि

काठमाडौं- हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीको बैंक खातामा सोझै नगद लाभांश वितरण गरेको हो ।

कम्पनीको पुस २९ गते, बुधबारका दिन सम्पन्न गरेको २० औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश  प्रस्ताव पारित भएको थियो ।

कम्पनीले हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशीघ्र बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया