इजरायलले बनायो पाँच मिनेटमा फुल चार्ज हुने व्याट्री

५ बर्ष अगाडि

इजरायली कम्पनी स्टोरडटले विद्युतीय सवारी साधनका लागि पाँच मिनेटमा फुल चार्ज हुने लिथियम आयन ब्याट्रीको उत्पादन सुरु गरेको छ । 

फोन, ड्रोन र स्कूटरमा आफ्नो ‘एक्सट्रिम फास्ट चार्जिङ’ व्याट्री उत्पादन गरिसकेको स्टोरडटले विद्युतीय कारमा प्रयोग हुने व्याट्री उत्पादन गर्न शुरु गरेको हो । 

अहिलेसम्म इलेक्ट्रीक गाडीमा ४५ मिनेटभन्दा कम समयमा चार्ज हुने व्याट्री बनेका छैनन् । 
 हाल बजारमा उपलब्ध रहेका इलेक्ट्रीक कार तथा स्कुटरमा प्रयोग हुने व्याट्री डीसी चार्जरमार्फत चार्ज गर्न  गरेको छ ।

हाल कम्पनीले नयाँ टेक्नोलोजीअनुसार उत्पादन गरेका १ हजार व्याट्री  व्याट्रीहरु पूर्ण रुपमा पाँच मिनेटमा चार्ज गर्न सकिने दाबी गरेको छ । 

त्यसका लागि चार्जर भने हाल प्रयोग गरिएको भन्दा धेरै शक्तिको चाहिन्छ ।  कम्पनीले सन् २०२५ मा पाँच मिनेट चार्ज गर्दा एक सय ३० किमीसम्म माइलेज दिने ब्याट्री बजारमा ल्याउने योजना बनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया