काठमाडौं- नेपाल स्टक एक्सेन्ज –नेप्से परिसुचक साताको अन्तिम दिन दोहोरो अंकले घटेको छ
आज २४४१.८५ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दाँ १६.५५ अंकले घटेर २४२५.२९ को बिन्दुमा पुगेको छ । परिसुचक कारोबार सुरु भएको ४ घण्टाको अन्तिम समयसम्म आउँदा ०.६८ अंकले घटेको हो ।
सेन्सेटिभ पनि आज ४.३२ अंकले ओरालो लागेको छ । सेन्सेटिभ परिसुचक ०.९७ प्रतिशतले ओरालो लाग्दै ४४२.०६ को बिन्दुमा पुगेको हो ।
कारोबारका १२ उपसमुहमध्ये ३ उपसमुह बढेका छन् भने बाँकी ९ उपसमुह ओरालो लागेका हुन् । र्निजीवन बीमा समुह ४१०.३९ , उत्पादनमुलुक समुह १६७ अंक र लघुवित्त समुह ८७.२४ अंक्ले बढेका छन् ।
कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता शेयर ८२ हजार ३५२ पटक खरिद बिक्री भएको हो ।
नेप्सेमा बिहिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । अन्तिम समयसम्म ९ अर्ब ८९ करोड ८४ लाख बराबरको कारोबार गर्दै नेप्सेमा कारोबार रकमको नयाँ रेकर्ड बनेको हो ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्सले ५६ करोड ६३ लाख ९८ हजारको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया