काठमाडौं- साताको अन्तिम दिन नेपाल स्टक एक्सेन्ज(नेप्से)मा कारोबार सुरु भएको दुई घण्टामा १०.३२ प्रतिशतले बढेको छ ।
आज २४४१.८५ को बिन्दुबाट सुरु भएको परिसुचक दुई घण्टाको अवधीसम्म ०.४२ प्रतिशतले बढेर २४५२.१७ को बिन्दुमा पुगेको छ ।
कारोबारका १२ उपसमुहमा ६ उपसमुह उकालो लागेका छन् भने ६ उपसमुह ओरालो लागेका छन् ।
एक बजेसम्म कारोबारमा आएका २०१ कम्पनीको ८१ लाख ५० हजार ४५६ कित्ता शेयर ४० हजार १५० पटक खरिद बिक्री हुदाँ ४ अर्ब ४७ करोड ९० लाख ७३ हजार बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया