काठमाडौं - इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्सले देशका १४ ठाउँमा डेटा सेन्टर निर्माण गर्ने भएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै वर्ल्डलिंकले ३ अर्ब रूपैयाँको लगानीमा डेटा सेन्टर निर्माण गर्न लागेको जानकारी दिएको हो ।
१४ डेटा सेन्टरमध्ये काठमाडौंको डेटा सेन्टर सबैभन्दा ठूलो, अन्तर्राष्ट्रिय मान्यताप्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुने बताइएको छ ।
साथै अन्य बाँकी डेटा सेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछ । यी डेटा सेन्टरहरू तटस्थ र सहप्रयोग सुविधायुक्त हने छन् ।
पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिङ्क कम्युनिकेशन्सका सीईओ केशव नेपालले आगामी १० वर्षमा नेपालको इन्टरनेट कतातिर जानेछ भन्ने कुराको निर्धारण डेटा सेन्टरले गर्ने बताए ।
आगामी ३ वर्षमा वर्ल्डलिंकले डेटासेन्टर निर्माण गर्न करिब तिन सय करोडको लगानी गर्ने छ।
प्रतिक्रिया