नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मुल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्ज(नेप्से)मा बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मुल्य समायोजन भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ३१ प्रतिशत बोनस शेयर तथा साधारण सभाको बुकक्लोजसँगै बुधबार कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

 मंगलबार २ हजार ८७२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको नेपाल लाइफको ३१ प्रतिशत बोनस शेयरपछि नयाँ मूल्य निर्धारण गरिएको हो ।नेप्सेले बोनस शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता २ हजार १९२ रूपैयाँ निर्धारण गरेको छ ।

गत आवको नाफाबाट ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश गरी ५१ प्रतिशत लाभांश पारित गर्न कम्पनीले माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त  निर्णय गरेको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया