सूर्या लाइफ इन्स्योरेन्सको नगद लाभांश बैंक खातामा जम्मा

५ बर्ष अगाडि

काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  शेयरधनीहरुको नगद लाभांश  बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले माघ ६ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश पुस १६ गतेसम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । 

बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया