ह्वातै बढ्यो अपि पावरको खुद नाफा, विद्युत बिक्रि गरेर मात्रै २४ करोड आम्दानी

५ बर्ष अगाडि

चालु आवको दोस्रो त्रैमासमा अपि पावर कम्पनीको खुद नाफामा अत्याधिक बृद्धि भएको छ । 

कम्पनीको खुद नाफा २४५,७९ प्रतिशतले बढेको हो ।

यस अघि अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको  खुद नाफा ४ करोड १४ लाख रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा बढेर १४ करोड ३२ लाख पुगेको छ । 

त्यस्तै, समिक्षा अवधीमा कम्पनीको कुल आम्दानी ३० करोड ३७ लाख रहेको छ । त्यस्तै, विद्युत बिक्रि वापतको आम्दानी २४ करोड १९ लाख रहेको छ । 

त्यस्तै, कम्पनीको प्रति शेयर आम्दानी १४.८४ रुपैयाँ, प्रति शेयर नेटवर्थ ११५.३९ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १७.८५ रहेको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया