प्रभु लाइफको अहिले सम्मकै धेरै कारोबार

५ बर्ष अगाडि

करिव तीन साता अघि नेप्सेमा सुचिकृत प्रभु लाइफ इन्स्योरेन्सको आज अहिले सम्म कै धेरै कारोबार भएको छ । 

कम्पनीको आज १५ सय २१ कित्ता शेयर खरिदबिक्री भएको छ । यस अघि कम्पनीको सबै भन्दा धेरै ९०० कित्ता शेयर कारोबार भएको थियो । 

आज नेप्सेमा प्रभु लाइफको ८ लाख ७३ हजार ८ सय १५ रुपैयाँको कारोबार भएको छ भने कम्पनीको शेयर मूल्य ९.९४ प्रतिशतले बढेर ५ सय ७५ रुपैयाँ पुगेको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया