‘सत्यम्’ निर्माण टिमले खोज्यो २६ जना कलाकार, ४ ठाँउमा हुदैछ अडिसन !

५ बर्ष अगाडि

राजेश हमालकोे अभिनय फिल्म ‘सत्यम्’ निर्माण टिमले अडिसन आह्वान गरेको छ । जस अन्तर्गत काठमाडौंमा माघ १९ गते अडिसन हुँदैछ ।
 
काठमाडौंपछि माघ २३ गते पोखरा, माघ २५ गते बुटवल र माघ २७ गते झापामा हुने अडिसनमा सहभागी हुन चाहनेले फिल्म निर्माण कम्पनीको इमेल [email protected] मा आफ्नो सम्पर्क नम्बरसहित प्रोफाईल तथा शोरिल पठाउनुपर्नेछ । देशका विभिन्न चार ठाउँमा हुने अडिसनबाट कूल २६ जना कलाकार फिल्मका लागि छनोट गरिने निर्माण टिमले बताएको छ ।  

शंकर कार्कीले निर्देशन गर्ने फिल्ममा अभिनेता  राजेश हमालकोे  साथमा अनुपविक्रम शाहीले खलनायकको भूमिका निर्वाह गर्दैछन् भने मुख्य नायकमा पल शाह र मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी हुने चर्चा छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया