आज नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबार भएको छ ।
कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले शेयर खरिदबिक्री बढेको हो ।
आज मात्र कम्पनीको ५ लाख २००० कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४५ करोड बराबरको कारोबार भएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश कर प्रयोजनसहित गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल लाइफको शेयरमा आकर्षक लाभांश हात पार्न खरिदचाप उच्च भएको हो ।
आज कम्पनीको शेयर मूल्य ०.८१ प्रतिशतले बढेर २ हजार ८७२ रुपैयाँमा कारोबार भएको छ ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न माघ २८ गते साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया