लगानीकर्ता नाफाबुक गर्न लागेपछि खरिदबिक्रीमा उत्साह, बजार दोहोरो अंकले झर्यो

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा अत्यधिक काराबार भएको छ । लगानीकर्ताहरुले नाफा बुक गर्न थालेपछि बजार घटे पनि कारोबारमा पनि भने उत्साह देखिएको हो । 

आज नेप्सेमा ८ अर्ब बढीको कारोबार भएको छ । नेप्सेका अनुसार १ करोड ९६ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ८ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

त्यस्तै, नेपाल बैंकको ५२ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकममा उत्साह आइरहँदा आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्सेमा १७।७९ अंकको गिरावट आउँदा परिसूचक २४ सय ३३।०९ मा पुगेको हो । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य १२९ कम्पनीको शेयर मुल्य घटेको छ भने ४० कम्पनीको शेयर मूल्य घटेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया