ओरालो यात्रामा नेप्से, कारोबार रकम ५ अर्ब माथि

५ बर्ष अगाडि

कारोबारको तेस्रो घण्टामा नेप्से ६.६६ अंकले ओरालो लागेको छ । 

कारोबारको ३ घण्टा सम्म आइपुग्दा परिसूचक २४ सय ३४.२२ को विन्दुमा पुगेको हो । 

आज नेप्सेमा कारोबारका लागि आएका कम्पनीहरु मध्य ११४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५० कम्पनीको शेयर मूल्य बढेको छ । 

त्यस्तै, अहिले सम्ममा १ करोड १९ लाख बित्ता शेयर खरिद बिक्री हुदाँ नेप्सेमा ५ अर्ब ४४ करोड बराबरको कारोबार भएको छ । 

अहिले सबै भन्दा धेरै जेपाल लाइफको ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया