भारतीय सेयर बजारमा भारी गिरावट , परिसुचक ४८३४७.५९ बिन्दुमा झर्‍यो

५ बर्ष अगाडि

काठमाडौं, भारतीय सेयर बजार सेक्सेक्समा सोमबार भारी गिरावट आएको छ ।

सोमबार भारतीय सेयर बजार ५३०.९५ अंकले घटेर ४८३४७.५९ को बिन्दुमा पुगेको छ । सेक्सेक्स परिसुचक १.०९ प्रतिशतले ओरालो लागेको हो । 

हिजो निफ्टी पनि १३३ अंकले ओरालो लागेको हो । उक्त सुचक ०.९३ प्रतिशतले घटेपछि १४२३८.९० को बिन्दुमा पुगेको छ ।

पछिल्ला दिनहरुमा आर्थिक गतिविधिमा आएको सुधारसँगै शेयर बजारमा पनि नाफा बुक गर्ने लगानीकर्ताको संख्या बढ्न थालेपछि बजार घट्ने क्रममा देखिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया