काठमाडौं – सरकारले यो वर्ष २ हजार ७ सय ५८ कार्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गरेको छ ।
गएको साउनदेखि मंसिरसम्म चार महिनामा १ सय १९ पालिका, १ हजार १ सय ३६ वडा, ६ सय ४ स्वास्थ्य संस्था र ८ सय २९ सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पु¥याएको हो ।
यो वर्षभित्र देशभरका सबै पालिका, सबै वडा, स्वास्थ्य केन्द्र सामुदायीक माध्यमिक विद्यालयमा उच्च गतिको इन्टरनेट कनेक्टिभिटी पु¥याउने सरकारी लक्ष्य रहेको छ ।
पन्ध्रौं योजना अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममै उक्त लक्ष्य तोकिएको थियो ।
जस अनुसार अघिल्लो आर्थिक वर्षमा देशभरका ४ सय ३१ स्थानीय तहका कार्यालय, ३ हजार ६ सय १२ वडा कार्यालय, २ हजार ५ सय ४६ स्वास्थ्य केन्द्र र २ हजार ९ सय ४८ सामुदायिक माध्यमिक विद्यालयमा गतवर्ष नै ब्रोडब्याण्ड इन्टरनेट पुगेको थियो ।
यो वर्ष ३ हजार १ सय ३१ पालिका, १ हजार १ सय ३६ वडा, १ हजार ९ सय ५८ स्वास्थ्य संस्था र २ हजार ८ सय ५३ सामुदायिक माविहरुमा ब्रोडब्याण्ड पु¥याउन बाँक िथियो ।
प्रतिक्रिया