धमाधम नाफा बुक गर्दैै लगानीकर्ता, ४ अर्ब नजिक कारोबार हुदाँ दोहोरो अंकले घट्यो नेप्से

५ बर्ष अगाडि

आज कारोबार सुरु भएको दोस्रो घण्टामा नेपाल स्टक एक्स्चेन्ज नेप्से दोहोरो अंकले घटेको छ । 

१ बजे सम्ममा आइपुग्दा आज नेप्से परिसूचक १२।०५ अंकले घटेर २४ सय २८.८३ को विन्दुमा पुगेको छ । 

आज लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा नेप्सेमा गिरावट आए पनि कारोबार रकम भनेको बढिरहेको देखिन्छ । 

अहिले सम्ममा ८० लाख ७० हजार कित्ता शेयर खरिद बिक्री हुदाँ नेप्सेमा ३ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

त्यस्तै, आज कारोबारमा आएका कम्पनीहरु मध्य ११९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३९ कम्पनीको शेयर मूल्य बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया