४.७७ अंकले ओरालो लाग्दाँ नेप्से २४३६.१० को बिन्दुमा, कारोबार रकम २ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्ज (नेप्से) मंगलबार कारोबार पहिलो घण्टामा ४.७७ अंकले ओरालो लागेर २४३६.१० को बिन्दुमा पुुगेको छ ।

कारोबारको केही समय उकालो लागेको नेप्से कारोबारको १ घण्टा बित्दा ०.२० प्रतिशतले घटेको छ ।

कारोबारका १२ उपसमुहमध्ये ४ उपसमुह मात्र बढेका छन् भने ८ उपसमुहमा राताम्मे छाएको छ ।

१ घण्टाको अवधिमा कारोबारमा आएका १९५ कम्पनिको ४० लाख ९९ हजार ४६५ कित्ता शेयर १७ हजार २५६ पटक खरिद बिक्री हुँदा २ अर्ब १५ करोड ७५ लाख ६४ हजार बराबरको कारोबार भएको छ ।

१२ बजेसम्म आउँदा नेपाल लाइभ इन्सुरेन्जले ४२  करोड ४३ लाख १८ हजार बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया