काठमाडौं, ‘सानिमा लार्ज क्याप फण्ड’ इकाईका निष्कासन तथा बिक्री खुल्ला गरेको इकाईमा आवेदन दिने समय १३ दिन थप भएको छ ।
सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा लार्ज क्याप फण्ड’ इकाईको यसअघि माघ १३ गतेसम्म आवेदन दिने मिति तोकिएको भएपनि माग अनुसारको आवेदन नपरेपछि माघ २६ गतेसम्मका लागि आवेदन दिने समय थप गरेको हो ।
सानिमा म्युचुअल फण्डले माघ ९ गते शुक्रवारदेखि प्रतिइएकाई १० रुपैयाँका दरको १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई कुनैपनि संघ संस्था तथा सर्वसाधारणहरुको लागि निष्कासन तथा विक्री खुल्ला गरेको थियो । फण्डले १५ प्रतिशत ९१ करोड ५० लाख० इकाई कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखेको छ ।
इच्छुक लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिनसक्ने छन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरको वेवसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सक्नेछन् ।
सानिमा म्युचुअल फण्डले निष्काशन गरेको एक अर्ब रुपैयाँको सामूहिक लगानी कोष 'सानिमा लार्ज क्याप फण्ड' मा तीन दिनमा ६१ करोड ३९ लाख ३३ हजार रुपैंयाको आवेदन परेको छ । सानिमा क्यापिटलका अनुसार ५० हजार ७४४ आवेदकबाट उल्लेखित रकमका इकाई माग भएको हो ।
प्रतिक्रिया