नारायणी डेभलपमेन्ट बैंक शतप्रतिशत हकप्रद शेयरको बिक्री खुला

५ बर्ष अगाडि

काठमाडौं- नारायणी डेभलपमेन्ट बैंकले  शतप्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित दरले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर माघ १३ गतेदेखि बिक्री खुला गरेको हो।

बैंकको हकप्रदमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत फागुन ३ गतेसम्म आवेदन दिन पाउनेछन्।

हाल  ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ चुक्ता पूँजीरहेको बैंकको हकप्रद निष्कासन पश्चात १३ करोड १२ लाख पुग्नेछ   । आगामी साधारण सभामा बैंकले शतप्रतिशत हकप्रदपछि पुनः थप २०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव गत साधारण सभाबाट पारित गराइसकेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी ५० करोड पुर्याउन बैंकले अगामी वार्षिक साधारण सभाबाट हकप्रदमाथि थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया