सबै पदाधिकारीको निर्वाचन गर्न पौडेल पक्षको माग

७ बर्ष अगाडि

काठमाडौं–कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीका सबै पदाधिकारी निर्वाचनबाट चयन गर्न माग गरेको छ । 
विधान संशोधनको विषयमा छलफल गर्न महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा सोमबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको आकार अहिलेको भन्दा ठूलो हुन नहुने र सबै पदाधिकारीको निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

पौडेल पक्ष १४ औं महाधिवेशनबाट लागू हुनेगरी पदाधिकारी संख्या बढाउन सकारात्मक देखिए पनि सभापति शेरबहादुर देउवाले महासमिति बैठकलगत्तै बढाइएको स्थान पूर्ति गर्न सक्ने संशयमा छ । ‘महासमितिबाट विधानको मस्यौदा पारित हुनासाथ पदाधिकारी राख्न पाउने या १४ औं महाधिवेशनबाट लागू गर्नुपर्ने भन्नेमा संस्थापन र पौडेल पक्षबीच विवाद बढ्ने देखिन्छ,’ स्रोतले भन्यो, ‘यसमा सहमति जुटेपछि मात्रै कति पदाधिकारी राख्ने भन्ने निक्र्योल हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया