काठमाडौं- नेपालका राजाहरुको शिरमा मात्र देख्न सकिने श्रीपेच अब सर्वसाधरणले सिधै अवलोकन गर्न पाउने भएका छन् ।नारायणहिटी दरबार संग्रहालयमा सोमबारदेखि राजाहरुले लगाउने श्रीपेच सर्वसाधरणको अवलोकनका लागि खुला गरिएको हो । श्रीपेच प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । नारायणहिटीमा श्रीपेचका साथै राजदण्ड र अन्य सामग्रीसमेत देख्न सकिने भएको छ ।
विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबारलगायतका सामग्री अवलोकन गर्न मिल्ने गरी प्रदर्शनीमा राखिएको छ ।
तत्कालीन राजाहरुले पहिरिने श्रीपेचमा ७५० वटा हीराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रा छन् । श्रीपेचको पछिल्तिर झुन्डिने आकर्षक कल्ली भने बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।
श्रीपेचमा कल्लीबाहेकका भागमा हीरामोती, माणिक, नवरत्न र सुनजडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी श्रीपेचमा अस्ट्रेलियामा पाइने बर्ड अफ प्याराडाइजको बहुमूल्य प्वाँख जडित हुने बताउँछन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया