युनिलिभर नेपालको शेयर खरिदबिक्री, कसले उठायो १० कित्ता शेयर ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाली शेयर बजारमा सबैभन्दा बढी शेयर मुल्य भएको युनिलिभर नेपाल () को आज १० कित्ता शेयर खरिद बिक्री भएको छ । उक्त कम्पनीको शेयर कारोबार प्राय हुदैन । 
बजारमा उक्त कम्पनीको शेयर खरिद गर्ने आएपनि बिक्री गर्ने भने कोही हुने थिएनन् । तर, आज भने उक्त कम्पनीको १० कित्ता शेयर खरिद बिक्री भएको छ । प्रतिकित्ता २० हजार ४४० मा उक्त कम्पनीको शेयरखदिर बिक्री भएको नेपाल स्टक एक्सचेन्जको मार्केट प्लोर सिटमा देखिन्छ ।
ब्रोक्रर नम्बर १७ ले नै उक्त कम्पनीको शेयर खरिद र बिक्री दुवै गरेको छ । रकमका आधारमा रु. १ लाख ४ हजार ४०० रुपैयाँमा उक्त कम्पनीको १० कित्ता शेयर बिक्री भएको छ । 
नेपाली पुँजीबजारमा हालसम्म पनि उक्त कम्पनीको शेयर मुल्य सबै भन्दा धेरै हो । नेपालको पुँजी बजारमा सबैभन्दा बढी लाभांश दिने कम्पनी पनि यही हो । त्यसैले यो कम्पनीको शेयर बिक्री गर्न चाहाने शेयरधनी झ्याप्पै भेटीदैनन् । तर, आज भने उक्त कम्पनीको शेयर खरिदबिक्री भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया